धर्मविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

धर्मविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

काठमाडौं । नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध नएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् ।

कबड्डी- ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । तामाङले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर उनीहरुबीच मिलापत्र भइसकेको छ ।

Europass CV in Nepal

उनीहरुबीचत मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । सोही विषयलाई नायिका मगरले स्पष्ट पार्दै आफूले धर्मको विरुद्ध नभइ दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन् ।

उनले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । उनले लेखेकी छन्- ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’

Europass CV in Nepal