मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

गायिका कला लम्साल चौथो संस्करण ‘साईली सलल’ सार्वजानिक

Himali Patrika 1 मिनेट पढाइ

लोक साँगितिक क्षेत्रकी निकै लोकप्रिय गायिका हुुन् कला लम्साल । लोक दोहोरी गायिका रुपमा परिचित लम्साललाई मौलिक गायिका रुपमा पनि चिन्ने गरिन्छ । गायिका लम्सालले चारवर्षदेखि निरन्तर तीज गित सार्वजानिक गर्दै आइरहेकी छिन् ।

गायिका लम्सालको तीज गित ‘‘पातली–४’’ साईली सलल सार्वजानिक गरेकी छिन् ।

मौलिक शब्दशैलीमा तीज गित लिएर आइरहेकी गायिका लम्सालले यसवर्ष पनि आफ्नो एल्बम् पातलीको चौथो संस्करण साईली सलल लिएर आएकी छिन् । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ । यो बर्ष पनि गायिका लम्सालले तीज गीतको भिडमा मौलिक तीज गीत “पातली ४” सार्वजानिक गरेकी छिन् ।

पछिल्लो समयमा धार्मिक चालनचलनदेखि गित संगित क्षेत्रमा मौलिकपन हराउदै गइरहेकाले आफ्नो मौलिकतालाई जोगाउन पातली एल्बम निरन्तर मौलिक तीज गित सार्वजानिक गर्दै आइरहेकी उनी बताउछिन् । लोक साँगितिक क्षेत्रमा मौलिकपन अर्थात तिजको मौलिक विशेषता नै हराउदै गइरहेकाले वर्षेनी पातली एल्बम मार्फत मौलिकता जोगाउन लागिरहेको उनले बताउछिन । तिजका गितमा छोरी चेलीका व्यथाकथा गाउँघर चालचलन भन्दा पनि पछिल्लो समयमा पश्चिममा संस्कृति लोक साँगितिक क्षेत्रमा हाबी हुुदै गइरहेकाले लोक साँगितिक क्षेत्रको उक्त विकृती हटाउन साँईली सलल बजारमा ल्याएको उनले बताईन ।

पातली –४ एल्बमको साँईली सललशिव हमालको शब्द संगितमा कला लम्साल र प्रिती आलेको स्वर रहेको छ । जसको रेर्कड आशिष अविरल स्टुडियोमा गरिएको थियो । भने म्युजिक भिडियोमा मौसम हिमाले नृत्य निर्देशन गरेकी छिन् । जसको छायाकन मिलन कटवालले गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।