मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

सेप्टेम्बर २३ तारिक देखि भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

Himali Patrika 1 मिनेट पढाइ

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पाेस्टर सार्वजनिक गर्दै असाेज ७ गतेलाई प्रदर्शन मिति घाेषणा गरेकाे हाे।

हिन्दी संस्करणमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भनिएको फिल्म अब ‘प्रेमगीत ३’ नामबाट प्रदर्शन हुने निर्देशक सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

‘खुसी उत्साह र उमंग.. हाम्रो वर्षाैको मिहेनतले सार्थकता पाएको छ। हाम्रो सपना त पूरा भयो तर यतिले मात्र पुग्दैन। हामी आम नेपालीले मेरा लागि होइन, समग्र उद्योगको विकासका लागि एक पटक मज्जाले लागौं,’ उनले लेखेका छन्। यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो।

जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेका हुन्।

असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ। यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।