मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

कानुन अनुसार मात्रै ‘प्रेमगीत ३’लाई कर छुट दिन निर्माता संघको आग्रह

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ । नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा संघले बोर्डको ध्यानाकर्षण गराएको हो ।

आइतबार संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ सिनेमा भनेको व्यापार मात्र होइन, यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो । त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका सिनेमालाई मात्रै हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ । भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संस्कृति र भेषभूषासँग पनि यसको अन्तर्निहित सम्बन्ध रहेको हुन्छ ।’

विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशीसरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हुने निर्माता संघको ठहर छ । साथै संघले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । यसलाई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रियकरणको कोसेढुंगाको रुपमा लिएको संघले उल्लेख गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।