‘अवतार २’ र ‘प्रेमगीत ३’ एकसाथ नेपाली हलमा

‘अवतार २’ र ‘प्रेमगीत ३’ एकसाथ नेपाली हलमा

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । बहुप्रतीक्षित मानिएको नेपाली फिल्म प्रेमगीत ३ र हलिउड फिल्म अवतार रिलिज भएका हुन् । १३ वर्षअघिको सुपरहिट फिल्म अवतार पुनः प्रदर्शनमा आएको हो ।

प्रदर्शनअघि ‘प्रेमगीत ३’ टिम र चलचत्रि विकास बोर्डबीच विवाद समेत भएको थियो । यसको हिन्दी संस्करणलाई लिएर दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिंदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मध्यस्थता समेत गर्नुप¥यो । प्रेमगीत ३ को हिन्दी संस्करणलाई पनि नेपाली फिल्मकै मान्यता दिने मन्त्रालयको निर्णयपछि विवाद मत्थर भयो ।

यद्यपि एकैदिन रिलिज हुने भनिए पनि ‘प्रेमगीत ३’को हिन्दी संस्करण भने प्राविधिक कारण ददेखाउँदै शुक्रबार नेपालमा रिलिज भएन । नेपाल सहित भारत, अमेरिका, अस्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकका एक हजार २०० बढी सिनेमा हलबाट फिल्म एकसाथ प्रदर्शनमा आएको छ ।

Europass CV in Nepal

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ । फिल्मले विश्वभरबाट साढे ५ करोड भारुको ओपिनिङ गर्ने भारतीय न्युज पोर्टल बलिउड हंगामाले प्रक्षेपण समेत गरेको छ ।

यसैगरी जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’ले नेपालमा थ्रीडी प्रविधिको सुरुवात गरेको थियो । अवतारको दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ आगामी पुस १ गते विश्वचर रिलिज हुँदैछ । यसैको वार्मअप स्वरुप अवतारको पहिलो भाग एक साताका लागि नेपालमा पनि प्रदर्शन गरिएको हो । फिल्मले नयाँ पुस्तालाई ‘रिकल’ गर्ने जनाइएको छ ।

नेपालमा एप्पल इन्टरटेनमेन्टले ‘अवतार’लाई पुनः प्रदर्शन गरेको हो । स्वैरकाल्पनिक वाण्डोरा ग्हको कथा, कथावाचन, उच्च भीएफएक्स प्रविधि र अभूतपूर्व प्रस्तुतिले १३ वर्षअघि नेपाली दर्शकलाई यो फिल्मले लोभ्याएको थियो । यी दुई नयाँ फिल्मसँगै नेपाली फिल्म ऐना झ्यालको पुतली, झिंगेदाउ र बलिउड फिल्म ब्रह्मास्त्र पनि प्रदर्शनररत छन् ।

 

Europass CV in Nepal