मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

नेपाल र भारतमा गरि कुल कति कमायो प्रेमगीत ३ ले ओपनिङमा?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ । काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।

‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो । ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख थियो ।

‘प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । वितरक मनोज राठीले पनि दुई करोडभन्दा केही बढी ओपनिङ फिल्मले गरेको बताए ।

यसैबीच, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झन्डै डेढकरोड रुपैयाँ) ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् । ‘भारतको ओपनिङ नेपाली फिल्मका लागि ठूलो उपलब्धी हो’ वितरक राठीले अनलाइनखबरसँग भने, ‘यसले सुखद संकेत गरेको छ ।’ नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाई २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।