‘प्रेमगीत ३’ ले दुई दिनमा कमायो विश्वभरबाट कमायो १४ करोड, नेपालमा कति ?

‘प्रेमगीत ३’ ले  दुई दिनमा कमायो विश्वभरबाट कमायो १४ करोड, नेपालमा कति ?

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ । ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो ।

दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भए पनि कमाइमा वृद्धि हुने देखिएको छ । आइतबार भारतमा फिल्मको अकुपेन्सीमा वृद्धि भएको जनाइएको छ ।

Europass CV in Nepal

हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै

लामो रस्साकस्सी र आरोप-प्रत्यारोपपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ ।सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।

निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको थियो । सेन्सरपछि आजै बेलुकादेखि हिन्दी प्रेमगीत ३ को बुकिङ पनि खुलाउने तयारी छ । निर्माता चन्दका अनुसार प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुनेछ ।

Europass CV in Nepal