मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

‘प्रेमगीत–३’ लाई भारतीय दर्शक भन्छन्, ‘बबाल मुभी’ तर नेपाली दर्शकले भने, ‘झुर’ (भिडियोसहित)

Himali Patrika 1 मिनेट पढाइ

नेपालको इतिहासमा नै पहिलो पटक हिन्दिमा डब भई हाल भारतमा प्रदशन भईरहेको नेपाली फिल्म ‘प्रेमगीत–३’ लाई भारतका दर्शकले भब्य स्वागत गरेका छन्। नेपाल र भारत लगायतका कयौं देशमा एक साथ् प्रदशन हुन लागेको ‘प्रेमगीत–३’ लाई भारतका दर्शकले धेरै मन पराएका छन्।

त्यहाँका दर्शकले सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’ लाई भारतमा बहुचर्चित फिल्म बहुबलीसँग तुलनामा गरेका छन् भने केहि दर्शकले ‘प्रेमगीत–३’ का नायक प्रदिप खड्कालाई ररणबिर कपुरसँग समेत तुलना गरेका छन्।

फिल्मको प्रचार–प्रसारका लागि निर्माण टिम भारतको मुम्बईमा रहेको छ । पछिल्लो केही दिनयता भारतमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिदै आएका छन् । सोही अवसरमा चर्चित भारतीय टेलिभिजन जूमले अभिनेता प्रदीप र क्रिष्टिनासँँग ‘प्रेमगीत–३’ बारेमा अन्तर्वार्ता लिएको थियो ।

लामो ससमयदेखि बलिउड बक्स अफिसमा साउथका फिल्महरु हाबी भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब गरिएको नेपाली फिल्म ‘प्रेमगीत–३’ले पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रक्षेपण गरिएको छ । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् ।

असोज ७ अर्थात् आज (शुक्रबार)बाट प्रदर्शनमा आउँदै गरेको फिल्मको निर्माण पक्षले प्रदर्शनको साताअघि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । करको बिषय जोडीएपछि आजदेखि प्रदशनमा आउने भनिएको हिन्दि भाषामा डब गरिएको ‘प्रेमगीत–३’ प्रदशन हुने समय पर सरेको छ। आजदेखि नेपाली भाषामा अर्थात ओरिजिनल भाषामा निर्माण गरिएको ‘प्रेमगीत–३’ प्रदशनमा आएको छ।

यसैबीच अग्रिम टिकट बुकिङले भारतीय फिल्म हलहरु पनि हाउस फुल हुने पक्कापक्की भएको छ । निर्माता–निर्देशक सेनका अनुसार ‘प्रेमगीत–३’को हिन्दी संस्करण भारतको १५ सय बढी फिल्म हलहरुमा रिलिज गरिदैछ ।

यता नेपालमा पनि फिल्मको अग्रिम टिकट बुकिङले फिल्म हलहरु फुल भइसेका छन् ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । निर्माता–निर्देशक सेनका अनुसार यो फिल्म निर्माणका लागि ६ करोड र हिन्दि डब लगायतका काममा ५ करोड लगानी भएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।