मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अभिनेता धनुष र पत्नी ऐश्वर्या डिभोर्स भएको ९ महिनापछि पुनः एक हुँदै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्या रजनीकान्त डिभोर्स भएको ९ महिनापछि पुनः एक हुँदैछन् । एकअर्कामा आरोप प्रत्यारोप गर्दै उनीहरुले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका थिए ।

तर, यी दुईलाई लिएर नयाँ खबर छ । उनीहरुले डिभोर्सको प्रतिक्रियालाई थाँती राख्दै पुनः एक हुने निर्णय गरेका छन् । ऐश्वर्या सुपरस्टार रजनीकान्तकी जेठी छोरी हुन् । यसअघि दुबै तर्फको परिवारले धनुष र ऐश्वर्यालाई मिलाउन लागिपरेको मिडिया विवरणहरु आएका थिए । यो जोडीबाट दुई सन्तान पनि छन् : यात्रा राजा र लिंगा राजा ।

दुबैबीच प्याचअप हुने भएपनि फ्यानहरुले सामाजिक संजालमा खबरलाई भाइरल तुल्याइरहेका छन् । ‘म आशा गर्छु कि धनुष र ऐश्वर्यले डिभोर्स लिने बाटोलाई बन्द गरेका छन्’ एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ।

गत जनवरीमा आफू अभिनित फिल्म अतरंगी रे रिलिज भए लगत्तै धनुष र ऐश्वर्याले आफूहरुले अलग हुने निर्णय गरेको बताएका थिए । आफूहरुले १८ वर्ष लामो सम्बन्धलाई टुंग्याउन गरेको निर्णयको सम्मान गर्न उनीहरुले आग्रह गरेका थिए । तर, नयाँ खबरबारे जोडीले केही वक्तव्य बाहिर ल्याएको छैन ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।