मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

फिल्म ‘आदिपुरुष’ : निर्माताले जनताको धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप

Himali Patrika 1 मिनेट पढाइ

प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ कमजोर भीएफएक्सका कारण चर्चामा छ । यो फिल्मको टिजर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । निर्माताले जनताको धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप पनि लगाइएको छ । जसका कारण फिल्मको विवाद बढ्दै गएको छ ।

राजनीतिज्ञहरू समेत यो विवादमा परेका छन् । यस्तो अवस्थामा ठूलो प्रश्न उठेको छ, के निर्माताहरूले फिल्ममा भीएफएक्स परिवर्तन गर्छन् ?हालै सार्वजनिक ‘आदिपुरुष’ को टिजर पौराणिक पात्रको चित्रणलाई लिएर विवादमा तानिएको हो ।

टिजर रिलिज भएदेखि, मानिसहरूले यसको भीएफएक्सलाई लिएर आलोचना गरिरहेका छन् । लगातार ट्रोलपछि पनि, निर्माताहरूले भीएफएक्स परिवर्तन हुने संकेत गरेका छैनन् । स्मरण रहोस्, आदिपुरुस जनवरी १२, २०२३ मा रिलिज हुँदैछन् । ‘आदिपुरुष’ मा साउथका सुपरस्टार प्रभास मुख्य भूमिकामा छन् ।

यस फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन् । रावणको चरित्रलाई लिएर पनि धेरै हंगामा भएको छ । विशेषगरी रावणको भीएफएक्सलाई लिएर मानिसहरूले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। योसँगै भगवान् हनुमानको भूमिकालाई लिएर पनि असन्तुष्टि देखिएको छ । कृति सेननले ‘आदिपुरुष’ मा सीताको भूमिका निभाएकी छिन् ।

१०० करोडमा बेचेको तेलुगु राइट्स

‘आदिपुरुष’ लाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्म रिलिज हुनुअघि नै यसको तेलुगु राइट्स युभी क्रिएशन्सले १०० करोडमा किनेको थियो। विवादमा फसेपछि प्रभासको फिल्म ‘आदिपुरुष’ ले बक्स अफिसमा कस्तो कमाई गर्छ त्यो हेर्न रोचक हुनेछ । तर, फिल्मलाई लिएर चलिरहेको विवादले यो फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।