मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

दीपक मनाङ्गे : आफ्नो लगानीको चलचित्रले पैसा पनि कमायो, चुनाव पनि जिते 

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। चुनाव पनि जित्ने र आफूले लगानी गरेको चलचित्र पनि चल्ने भाग्यमानी व्यक्ति रुपमा अहिले गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे देखिएका छन्।  उनले लगानी गरेको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ भने यता उनका निकटम् प्रतिद्वन्दी रहेका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिन निवेदन दिएसँगै उनको जित सुनिश्चित भएको छ। यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा  घोषणा गर्न भने  बाँकी रहेको छ ।

मनाङेलाई आफ्नो पक्षमा पार्न सो क्षेत्रमा कुनै पनि दलहरुले उम्मेदवारी दिएका छैनन् । यो सँगै मनाङे प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने भएका छन् । उनको प्रदेश सभामा यो लगातार दोस्रो कार्यकाल हुने छ ।

अनलाइनखबरका अनुसार, दीपक मनाङेको अर्को चलचित्र  ‘पोइ पर्‍यो काले’को दोस्रो शृंखला निर्माण हुँदैछ । दुई महिनाअघि नै फिल्मको सिक्वेल ‘पोइ पर्‍यो बूढो’ निर्माण हुन लागेको र दीपेन्द्र लामाले निर्देशन गर्न लागेको खबर प्रकाशित गरेको थियो । अब भने यो फिल्मलाई लिएर नयाँ खबर छ । फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको प्रवेश भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए ।

‘निर्माताको रुपमा उहाँसँग हामी सहकार्य गर्दैछौं,’ नेपालीले भने, ‘हाम्रो सहकार्य यसमा पनि निरन्तर हुन्छ ।’ नेपाली र मनाङेले अहिले हलमा चलिरहेको फिल्म ‘दुई नम्बरी’मा पनि सहकार्य गरेका छन् ।

‘दुई नम्बरी’को क्रेडिट लाइनबाटै ‘पोइ पर्‍यो बुढो’को औपचारिक घोषणा समेत भएको छ । तर चलचित्र विकास बोर्डमा भने निर्माताले यो शीर्षक एक वर्षदेखि ‘होल्ड’ गरिरहेका थिए । निर्माता नेपालीका अनुसार चुनाव लगत्तै फिल्म छायाङ्कनमा जाने तयारी भइरहेको छ । तर कलाकार अहिलेसम्म तय भइसकेका छैनन् । बुधबार नै निर्माता मनाङे नयाँ खबरको कारण समाचार शीर्षक बनिरहेका छन् । उनी गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।