मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

केकीलाई अभिनेत्री ऋचा शर्माको सुझाव, निकै सोचेर मात्र बच्चा जन्माउनु

Himali Patrika 1 मिनेट पढाइ

अभिनेत्री ऋचा शर्माले अभिनेत्री केकी अधिकारीलाई निकै सोचेर मात्र बच्चा जन्माउन सुझाव दिएकी छन् । उनले निकै बिचार गरेर सबै कुरोमा तयार भएपछि मात्र बच्चा जन्माउन सुझाएकी हुन् । ‘केकीले विवाहमा बोलाइन्, त्यो उनको ब्यक्तिगत विचार हो । त्यसमा मलाई दुःख छैन । हाम्रो मित्रतामा पनि केही कमी भएको छैन’ ऋचाले केकीलाई भनिन्–‘बच्चा भन्ने कुरो कुनै सोचेर, विचार गरेर, मेन्टल तथा फिजिकल लगायत सबै कुरोमा तयार भएपछि जन्माउने हो । त्यही निर्णय गर्नु ।’

बुधबार आयोजित ‘हिजो आजका कुरा’ को प्रिमियर ऋचाले केकीको अभिनयको प्रशंसा समेत गरिन् । ‘केकीको दिन प्रतिदिन प्रगति देखिरहेको छु । यो प्रगति अझै देख्न चाहान्छु’ उनले थपिन् । फिल्म ‘हिजो आजको कुरा’ को कलाकार समेत रहेकी ऋचाले फिल्म समेत राम्रो भएको बताइन् ।

‘दर्शकले पहिले सानो पर्दामा निकै मन पराएको ‘हिजो आजको कुरा’ ठुलो पर्दामा आएको छ’ ऋचाले थपिन्– ‘फिल्म राम्रो बनेकोले सानोपर्दा झै ठुलो पर्दामा पनि रुचाउनुहुन्छ भने आस लिएको छु ।’ अभिनेत्री केकी अधिकारीले पनि फिल्म आफुले सोचेभन्दा राम्रो बनेको बताइन् । ‘‘हिजो आजको कुरो’ एउटा फिल्मभन्दा पनि ब्राण्ड हो’ केकीले भनिन्– ‘यो ब्रान्डसँग सानै भूमिका भएपनि जोडिने रहर थियो । यो पुरा भयो ।’ फिल्म आफुलाई मन परेको बताएकी केकीले दर्शकले पनि फिल्म रुचाउने अपेक्षा गरिन् ।

वान सिनेमा आइप्लेक्स नयाँ बानेस्वरमा आयोजित प्रिमियरमा दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको सहभागिता रहेको थियो ।

अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशन रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ । फिल्म शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।