सन्नी देओल : फिल्म खेल्ने भनेर पारिश्रमिक लिए, न फिल्म खेले न पैसा नै फिर्ता गरे

सन्नी देओल : फिल्म खेल्ने भनेर पारिश्रमिक लिए, न फिल्म खेले न पैसा नै फिर्ता गरे

बलिउड अभिनेता सन्नी देओलले एउटा फिल्मका लागि ठुलो पारिश्रीमक लिएर फिर्ता नगरेको भन्दै निर्माता मिडियामा आएका छन् । फिल्मका निर्माता सुनिल दर्शनले आफुसँग फिल्म खेल्ने भनेर पारिश्रमिक लिएको तर फिल्म नखेलेको बताएका छन् । सुनिल दर्शनले आफुलाई शनी देओलले ठगी गरेको र फिल्म साइनिङ शुल्क फिर्ता गर्न अस्वीकार गरेको सञ्चारकर्मीलाई बताएका छन् ।

आझै पनि आफु सो पैसा फिर्ता पाउनेमा आशाबादी रहेको निर्माता सुनिलको कथन छ । आफुले पैसा दिँदा कागजी रुपमा अनुबन्धित गरेकाले सो पैसा फिर्ता नपाएको खण्डमा सन्नी देओल बिरुद्ध कानुनी प्रकृयामा जाने पनि उनले बताएका छन् ।

सनी देओल र दर्शनले ९० को दशकमा अजय, इन्तेकम जस्ता फिल्म बनाएका छन् ।राजधानि दैनिकमा खबर छ । आरजे सिद्धार्थ कन्ननसँग भर्खरैको अन्तर्वार्तामा, फिल्म निर्माता सुनिलले भने, ‘सन्नीले मलाई उनको करियरको अर्को चरणको लागि समर्थन गर्ने वाचा गर्न बाध्य तुल्याएको थियो । जसमा मैले मेरो एक वर्षको योगदान दिएँ । मेरो अर्को फिल्म गर्नेछु भन्दै उनले साइन गरेका थिए र पारिश्रमिक लिएको थियो ।’

नयाँ फिल्मको निर्माण तयारीमा रहेका सुनिलले अब यो फिल्म बनाउनेकी नबनाउने भनेर निर्णय लिन नसकेको बताएका छन् । यस बिषयमा अभिनेता सन्नी देओलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।