मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

लागुपदार्थको लतसँग लडिरहेका हास्य कलाकार चार वर्षपछि ‘द कपिल शर्मा शो’ मार्फत पर्दामा फर्किए

Himali Patrika 1 मिनेट पढाइ

वर्ष २०१८ को समय हो जब हास्य कलाकार सिद्धार्थ सागर अचानक रातारात पर्दाबाट गायब भए । विगत एक वर्षदेखि सिद्धार्थले आफूलाई निकै लो प्रोफाइल राख्दै आएका छन् । अहिले ‘द कपिल शर्मा शो’ मा फिल्म अभिनेताको रुपमा कमेडी गरिरहेको देखिन्छ । तर, सिद्धार्थ सागरका लागि यति ठूलो कमेडी शोबाट फर्कन सजिलो थिएन । हास्य कलाकार लागुपदार्थ दुरुपयोग, अवसाद र द्विध्रुवी विकारसंग लडिरहेका थिए। तर अहिले उनी विगत एक वर्षदेखि  लागुपदार्थबाट टाढा रहँदै आएका छन् । सिद्धार्थ सागरले पछिल्लो चार वर्षमा भोग्नुपरेको कठिनाइका बारेमा हास्य कलाकारले खुलेर कुरा गरेका छन् ।

सिद्धार्थ सागरलेभन्छन, “विगत एक वर्षदेखि म सफा छु कुनैपनि प्रकारको लागुपदार्थ सेवन गरेको छैन। मानिसहरूले नबुझेको कुरा के हो कि लागुऔषध एक प्रकारको रोग हो। भगवानको आशीर्वादले मैले यसलाई जित्न सिकेको छु। मेरो जीवनको अन्धकारमा मैले धेरै गल्ती गरें। तर म तिनीहरूलाई सिक्ने अवधिको रूपमा हेर्छु। मसँग पहिले धेरै साथीहरू थिए तर यो चरण पछि मसँग जम्मा चारजना साथीहरू छन्। जीवनले तपाईंलाई धेरै सिकाउँछ, होइन?”

केही वर्षअघि सिद्धार्थ सागर चर्चामा आएका थिए । उनले आमाबुवालाई निकै सताएको आरोप लगाए । विशेषगरी उनले आमा अलका सागरलाई निशाना बनाएका थिए । सन् २०१७ मा सिद्धार्थ सागरले एक अन्तर्वार्तामा आफ्नी आमाले जबरजस्ती बैंक खाताबाट पैसा निकालेर पुनर्वास केन्द्रमा राखेको बताएका थिए । तर आज सिद्धार्थ सागर आफ्नो परिवारसँग मुम्बईमा बस्छन्। सबैको बीचमा धेरै राम्रो सम्बन्ध छ।

यसबारे सिद्धार्थ सागरले थपे , ‘त्यतिबेला म सायद दिमागमा थिइनँ सोच्न सक्ने अवस्थामा थिइन। एक्लै हुन मन लाग्यो । यही कारणले गर्दा म अन्धकारतिर लागेँ । मैले खान छाडिसकेको थिएँ । राम्ररी निन्द्रा लाग्दैन थियो । मेरो तौल ४० किलोले बढेको थियो ।  त्यो चरण मेरो जीवनमा मृत्युलाई नजिकबाट हेर्दै थियो।

केही नजिकका साथीहरूले मेरी आमालाई मेरो बारेमा भने। उनीहरुले मेरो हेरचाह गरे र बिस्तारै म सामान्यता तर्फ लागे। यो अवधिमा मैले मेरी आमाको माया गुमाएको हुनसक्छु, तर मेरी आमाले मलाई कहिल्यै गुमाउनु भएन। उहाँले मलाई शारीरिक र मानसिक रूपमा सुधार गर्नुभयो। यो मेरी आमा हो, जसको कारण आज म जीवित छु। उहाँहरूको माया, हेरचाह र प्रार्थनाको कारणले गर्दा म आज राम्रो महसुस गर्छु। उहाँले मलाई लागुपदार्थको लतबाट बाहिर आउन धेरै मद्दत गर्नुभएको छ।

जीवनमा धेरै नराम्रो परिस्थिति आयो तर सिद्धार्थ सागरले यसलाई सकारात्मक रूपमा लिन्छ। सिद्धार्थ सागरले सायद मसँग जीवनमा यो सबै घट्नु पर्ने थियो, त्यसैले यस्तो भयो । जिन्दगीमा धेरै कुरा गुमाएँ । तर मैले पाएको कुरा अमूल्य छ। म पहिले भन्दा बलियो महसुस गर्छु। कृष्णा अभिषेकले ‘द कपिल शर्मा शो’ छोडेका थिए, त्यसपछि सिद्धार्थ सागरको नाम चर्चामा आउन थाल्यो। यसबारे कुरा गर्दै सिद्धार्थ सागरले कृष्ण निकै राम्रो कलाकार भएको बताए । उहाँ मेरो दाजु जस्तै हुनुहुन्छ। मलाई उनको काम मन पर्छ। मेरो पहिलो एपिसोड पछि, कृष्णले मलाई फोन गरेर बधाई दिए। म अहिले आफ्नो अभिनयबाट सबैलाई प्रभावित पार्न चाहन्छु र भविष्यमा राम्रो काम गर्ने सोचमा छु ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।