मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

रितो रिबा : इन्डियन आइडलमा जजले रिजेक्ट गरे तर, इनटरनेटले भाग्य चम्काईदियो

Himali Patrika 1 मिनेट पढाइ

पछिल्लो समय भारतमा रियालिटी शोको आगमनसँगै आम मानिसले आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् । रियालिटी शो जितेपछि सम्भवत प्रतियोगीको जीवन परिवर्तन हुन्छ। तर यो पनि सत्य हो कि कयौं पटक प्रतियोगीहरुले खेल हारेपछि पनि ठूलो सफलता हासिल गर्छन् । नेहा कक्कड, जुबिन नौटियाल यसका ठूला प्रमाण हुन् । हालै रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा उनको हावी छ । एकप्रकारले भनौ जजहरुले रिजेक्ट गरेपछि इन्टरनेटमा उनको भाग्य चम्किएको छ।

यथार्थमा रियालिटी शोले कुनै पनि प्रतियोगीको करियर सुधार्न सक्छ। तर यो पनि सत्य हो कि यहाँ रिजेक्ट भएकाले पनि नाम कमाउँछन्। यदिउ नीहरुसंग  सीप, कला गाला छ भने उनीहरुको जीवन उक्त शो सम्म मात्रै सिमित हुँदैन ।

रिटो रिबामा प्रतिभा थियो त्यसैले इन्डियन आइडलमा रिजेक्ट भए पनि सामाजिक सञ्जालमा उनको हावी छ । रिटो रिबाले इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन्  जुन भिडियो नेपाली सामाजिक संजालमा समेत चर्चा कमाएको थियो। भिडियोमा उनी ‘तू मेरी हीर’ गाउँदै देखिएका छन् ।

रितोको गीत एकपटक होइन बारम्बार सुन्न मन लाग्ने खालका छन् । रिटोको स्वर सुनेर फ्यानहरु छक्क परेका छन् । गीत सुनेपछि मानिसहरूले उनलाई अर्को अरिजित सिंह भनेका छन् । फ्यानहरुको मायाले एक दिन गायन दुनियाँमा ठूलो नाम बन्ने बताइरहेको छ । यस्ता स्वर भएका व्यक्तहरु रिजेक्ट हुने हो भने शो को औच्त्य नै सम्पति हुने एक सामाजिक संजाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्।

रितो रिबा अरुणाचल प्रदेशका हुन्। रितो रिवा गायनमै करियर बनाउन चाहन्छन । उनी आफ्नो करियर बनाउन इन्डियन आइडलमा आएका थिए । तर, शोका जज नेहा कक्कड, विशाल ददलानी र हिमेश रेशमियाले अस्वीकार गरे । अर्थात् रितो रिवा शीर्ष १५ मा पर्न सकेनन् ।

कार्यक्रममा दर्शकले रितो रिवाको स्वरमा जादू देखाएका थिए । त्यसैले उनको अस्वीकारले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ । प्रयोगकर्ताहरूले शोका जजहरूलाई भेदभाव गरेको आरोप लगाए। इन्डियन आइडलको बारेमा भने यो स्क्रिप्टेड अर्थात् अभिनित भएको बताइन्छ । यहाँ प्रतिभाको कदर हुँदैन । रिटोको अस्वीकार पछि, नागाल्याण्डका एक मन्त्रीले पनि जोक बनाएका थिए  । उक्त ‘मिम’को माध्यमबाट उनले शोका निर्माता र निर्णायकहरूको खिल्ली उडाए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।