मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अभिनेत्री वर्षा सिवाकोटी पति आशिषले गरे एकअर्कालाई अनफलो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गत वैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालले धुमधामले विवाह गरे । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि गइन् र त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए ।

अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढाउने बताएकी थिइन् । आफूलाई श्रीमानबाट व्यावसायिक करिअरमा सहयोग मिलेको पनि उनको भनाइ थियो ।

अमेरिकाबाट फर्किएपछि न त वर्षा न त आशिषले एकअर्काका युगल तस्वीर पोस्ट गरेका छन् । बरु उनीहरुले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षाकी आमा दुर्गा र आशिषले पनि एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षा र आशिषले विवाहका बाहेक अन्य तस्वीर पनि हटाएका छन् ।

अनफलो गर्दैमा सम्बन्धमा दरार आउँछ भन्ने निश्चित त होइन, तर दरारको संकेत मिलेको छ । एकातिर अनफलो गर्नु र अर्कोतिर फोटै हटाउनुले सम्बन्धका खटपटको संकेत चाहिं दिन्छ ।

पछिल्लो समय वर्षाले आमा दुर्गासँग सिंगापुर र थाइल्याण्ड भ्रमणबाहेकका अन्य तस्वीर पोस्ट गरेकी छैनन् । के वैवाहिक सम्बन्धमा दरार आउन लागेको हो ? पक्कै पनि वर्षाले यसबारे आफ्नो धारणा बाहिर ल्याउलिन् । यसबारे बुझ्न वर्षालाई सम्पर्कको प्रयास गरिए पनि उनी उपलब्ध भइनन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।