मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् ।

‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताए ।

‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु । मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन् । फिल्ममा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना लगायतको प्रमुख भूमिका छ । आईएमडीबीका अनुसार यो फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।