मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

छोरा रिहा भएपछी अपूर्वका बुबा जयशंकर सिंहलेले भने, राहत महसूस भयो अब जँचाउन जान्छु

Himali Patrika 1 मिनेट पढाइ

कमेडियन अपूर्व क्षितिज सिंह धरौटी बुझाएर रिहा भएसँगै उनका बुबा जयशंकर सिंहले राहत महसूस भएको बताएका छन् । अस्वस्थ रहेका सिंह छोराको रिहाइका लागि पहल गर्न केही दिनदेखि काठमाडौंमा दौडधूप गरिरहेका थिए। “मलाई पनि सन्चो थिएन। उपचार गर्न समय पाइरहेको थिइनँ,” उनले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा भने, “छोरा रिहा भयो, अब आफ्नो स्वास्थ्य जँचाउन अस्पताल जान्छु।”

सर्लाही घर भएका सिंह पेशाले शिक्षक हुन्। फेरि छोरा पक्राउ परेको खबर सुनेपछि उनी काठमाडौं आएका थिए।

अपूर्वको रिहाइका लागि पहल गर्न उनले जाहेरी दिनेहरूसँग समेत छलफल गरेका थिए। त्यो समुदायका अगुवाहरूलाई भेटेर छोरालाई माफी दिन पटक पटक आग्रह गरेका थिए। यही दौडधूपमा अस्वस्थ रहेका उनले आफ्नो उपचार समेत गर्न पाएका थिएनन्।

नेवार समुदायको भावनामाथि चोट पुर्‍याएको भन्दै परेको जाहेरीमा प्रहरीले अनुसन्धान गरेर आज अदालतमा पेश गरेको थियो। उनी विरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले सार्वजनिक शान्ति खलल पुर्‍याएको, जातीय भेदभाव तथा छुवाछूत गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको सम्बन्धी कसूरमा मुद्दा दायर गरेको हो।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासमा भएको थुनछेकको बहसपछि धरौटीमा छाड्न आदेश भएको हो। न्यायाधीश मैनालीको आदेशपछि दुई लाख ५० हजार धरौटी बुझाएर अपूर्व बिहीबार साँझ नै छुटेका छन्।

यसअघि पनि उनलाई यही विषयमा गत भदौ १२ गते प्रहरीले पक्राउ गरेको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो। त्यसपछि हाजिर जमानीमा भदौ २३ गते छाडेको थियो। प्रहरीमा हाजिर गर्न गएका उनलाई पछिल्लो पटक असोज ३१ गते पक्राउ गरिएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।