‘मै नही तो कौन’ र्याप गीतबाट भाग्य चम्काउने सृष्टि तावडे को हुन् ?

‘मै नही तो कौन’ र्याप गीतबाट भाग्य चम्काउने सृष्टि तावडे को हुन्  ?

हाल एउटा भारतीय र्याप गीतलाई नेपाली सामाजिक संजालमा खुब रुचाइएको छ। एक महिला गायिकाले गएको उक्त गीतको बोल हो ‘मे नही तो कौन बे’ ! भरतमा यतिबेला चारचित एमटिभीको गायन रियालिटी शो ‘हस्टल २.०’ आफ्ना र्‍याप गायकहरूको गीतका कारण यतिबेला सोशल मिडियामा छ।

चर्चित र्‍यापर बादशाह यस शोको निर्णायक हुन् । ‘हस्टल २.०’ आफ्ना प्रतियोगीहरूका लागि आजकल धेरै हेडलाइनमा छ। तर यी मध्ये एक गायिका सृष्टि तावडेको गीत ‘मै नही तो कौन’ इन्टरनेट, फेसबुक टिकटक लगाएतका सामाजिक संजालहरुमा खुब चर्चा कमाइरहेको छ । गीतलाई युट्युबमा हालसम्म १८ करोडभन्दा बढी प्रयोगकर्ताले हेरिसकेका छन् भने सृष्टि तावडेको गीत सबैको जिब्रोमा छाएको छ ।

‘हस्टल २.ओ’ मा आफ्नो गायन र लेखन प्रतिभाले सबैलाई चकित पारेकी सृष्टि तावडेको बारेमा मानिसहरुले गुगलमा धेरै खोजी गरिरहेका छन् । को हुन तिनीहरु? तिनीहरूको पृष्ठभूमि के हो? उनी कसरी र्यापर बनिन् ? यस्ता धेरै प्रश्नको उत्तर जनता जान्न चाहन्छन् । यदि तपाई पनि ती मध्ये एक हुनुहुन्छ भने आज हामी तपाईलाई सृष्टि तावडेको पूरा जीवनी बताउन गइरहेका छौँ ।  सृष्टि तावडे महाराष्ट्रकी बासिन्दा हुन्। ‘हस्टल २.०’ मा सामेल हुनु अघि उनी एक सामग्री लेखक अर्थान कन्टेन्ट राइटरको रूपमा काम गर्थिन्।

Europass CV in Nepal

मुम्बईमा जन्मेकी २० वर्षीया सृष्टि तावडेका धेरै गीतहरूले युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा धुम मच्चाइरहेका छन् । उनका चर्चित र्‍याप गीतहरूमा ‘चिल किंदा’, ‘भगवान बोल रहा हूं’, ‘छोटा डन’, ‘मेरा बचपन कहाँ गए’, ‘मैं नहीं तो कौन’  समावेश छन्। युट्युबमा उनका प्रत्येक गीतलाई लाखौंले हेरेका छन् । शोका जज बादशाह पनि उनका गीतका फ्यान बनेका छन् । ‘हस्टल २.०’ मा आउनुअघि सृष्टिले धेरै विषयमा र्‍याप लेख्थिन् । उनले ‘अच्छे दिन’ मा गाली गर्ने भिडियो बनाए र नातावादबारे आफ्नो धारणा राख्दै र्‍याप गीत लेखेकी थिइन।

इन्स्टाग्राममा पनि सृष्टि तावडे सेलिब्रेटीभन्दा कम छैन। आफ्ना गीतबाट लोकप्रियता कमाउने र्‍यापरका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले कोरोना भाइरसको महामारीमा र्‍याप गीत पनि लखेर गाएकी थिइन। जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सृष्टि तावडेको फ्यान फलोइङ लगातार बढिरहेको छ। एक प्रकारले भनौं उक्त गीतका कारण भाग्य नै चम्किएको छ।  एमटिभी  ‘हस्टल २.०’ ले पनि यसको फाइदा पाइरहेको छ। शोको टीआरपी लगातार बढिरहेको छ ।

Europass CV in Nepal