मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

सलमान खानलाई डेंगु संक्रमण, बिग बोसको होस्ट करण जोहरले गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् ।

सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार गर्दा सलमानले सेकेन्ड लिड भूमिकामा अभिनय गर्न मञ्जुरी जनाएका थिए ।

करण जोहर केही सातासम्म ‘बिग बोस’ को होस्ट हुनेछन्। बलिउड हंगामाको रिपोर्टका अनुसार सलमान खानलाई डेंगु भएको छ, त्यसैले उनले ‘बिग बोस १६’ को आगामी केही एपिसोडहरू होस्ट गर्ने छैनन्। करण जोहरले उनका भाइजानलाई इन्कार पनि गर्न सकेनन्, किनकि उनले कठिन समयमा करण जोहरको साथ दिएका छन् ।

करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ मा दोस्रो मुख्य भूमिका खेल्न स्टारहरूले अस्वीकार गरेपछि सलमान खानले यो भूमिका निर्वाह गरेर निर्देशकको समस्या हटाएका थिए । करण जोहरले ‘बिग बोस ओटीटी’ पनि होस्ट गरेका छन्। उनीहरूले प्रतियोगीहरूसँग कस्तो व्यवहार गर्छन् र उनीहरूलाई शोमा रोस्ट गर्छन् भनेर हेर्नु रोचक हुनेछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।