मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड अभिनेता सञ्जय दत्तको साउथ मोह

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन्। उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन्। सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए। उनको यो भूमिकालाई दर्शकले निकै मनपराएका थिए। यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो।

सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन्। सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन्। उनले हालैमात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन्।

‘म अरु साउथ फिल्ममा काम गर्न चाहन्छु। साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन्। सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन्। कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ। उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दैछन्।

सन् १९८१ मा डेब्यु फिल्म ‘रकी’बाट उनी विवाद र चर्चामा आए । सञ्जय दत्त बी-टाउनका सबैभन्दा धेरै कमाउने स्टारहरूको सूचीमा पर्छन् । सञ्जयले वर्षमा एक दुई फिल्ममात्र गर्छन् । तर उनको साम्राज्य ठूला व्यापारीभन्दा कम छैन । सञ्जय दत्तसँग आलिशान घरदेखि महँगो कारसम्म छन् ।

उनको मुम्बईमा धेरै सम्पत्ति छ । उनको नर्गिस दत्त रोड पाली हिल्समा विलासी बंगला छ । जुन उनले सन् २००९ मा किनेका थिए । हालको बजारदर अनुसार यो घरको मूल्य ४० करोड रुपैयाँ हो । सञ्जय दत्तले चलचित्रका साथै विज्ञापन र केही व्यवसायबाट पनि धेरै पैसा कमाउँछन् ।

सञ्जय दत्त निर्माता पनि हुन् । उनको आफ्नै सञ्जय दत्त प्रोडक्सन प्रालि छ । उनले एउटा फिल्मको लागि ६ देखि ८ करोड भारु लिन्छन् । यसबाहेक एन्डोर्समेन्टबाट करोडौँ रुपैयाँ कमाउँछन् । सञ्जय दत्तले हरेक वर्ष डेढदेखि दुई करोड रुपैयाँ आयकर तिर्छन् । उनको कुल सम्पत्ति १ सय ३७ करोडभन्दा बढी छ । सञ्जय दत्त महँगो र लक्जरी गाडी मन पराउँछन् । उनीसँग १० भन्दा बढी गाडी छन् । फरारी ५९९ जीटीबीको मालिक सञ्जय दत्त भारतका केही सेलिब्रेटीहरूमध्ये एक हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।