मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

भाइरल नेपाली बालिका र रेमो डिसुजाको अनलाइन भेट, डान्स इन्डिया डान्समा निम्तो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन ।‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ ।

हेटौंडास्थित एक स्कुलमा युकेजीमा अध्ययनरत यी बालिकालाई कोरियोग्राफर डिसुजाले आफ्नो आगामी रियालिटी शो ‘डान्स इन्डिया डान्स’मा सहभागिताका लागि निम्तो दिएका छन् ।

‘तिमीले अडिसन पनि दिनुपर्दैन र वाइल्ड कार्ड इन्ट्रीमार्फत सीधै भाग लिन पाउनेछौ’ उक्त जुम मिटिङमा डिसुजाले भनेका छन् । बरिशालाई आफूले भेट्न चाहेको बताउँदै भारत आउन उनले निम्तो दिएका हुन् ।

उक्त भर्चुअल कुराकानीमा बरिशाले डिसुजालाई सामी सामी बोलको गीतमा आकर्षक डान्स समेत देखाएकी थिइन् । बरिशाको स्कुलका प्रिन्सिपल पनि भर्चुअल छलफलमा थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।