मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

Himali Patrika 1 मिनेट पढाइ

अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ ।

यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग उनले काम गर्ने मौका पाएकी छन् । निर्देशक नाग अश्विनको महत्वाकांक्षी प्रोजेक्टमा उनले अमिताभ बच्चन र प्रभास जस्ता स्टारसँग काम गर्ने अवसर पाएकी छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मका लागि प्रभाषको केही दृश्य सुट गरिसकिएको छ ।

त्यस्तै अर्को साइन्स थ्रिलर फिल्ममा पनि दिशा देखिँदैछिन् । नाग अश्विनको यो दुई भाषा हिन्दी र तेलुगुमा बन्ने फिल्ममा दुलकीर सलमान र महेश बाबुको अभिनय रहनेछ । साउथको ठूलो प्रोडक्सन हाउस वैजयन्ती मुभिजले निर्माण गर्ने यो फिल्म अन्य क्षेत्रीय भाषामा पनि डब हुँदैछ ।

पछिल्लो रिपोर्ट अनुसार टाइगर र दिशाको जीवनमा अर्की अभिनेत्री आएपछि उनीहरुको सम्बन्ध संकटमा परेको बताइएको छ। मुम्बई मिररका अनुसार ‘स्टूडेंट अफ द ईयर २’ की अभिनेत्री तारा सुतारियासँग टाइगरको हिचमिच बढेपछि दिश सँगको उनको सम्बन्ध बिग्रिएको बताइएको छ।

पछिल्लो समय तारा र टाइगरले सँगै फिल्म गरिरहेको र उनिहरु नजिकिएको चर्चा बलिवुडमा व्यापक भएको छ। फिल्म सँगै गरेका कारण नजिकिएका हुन् या उनीहरुबीच अरु केही छ त्यो त उनिहर ले नै जानुन तर अहिले देखिएको उनीहरुको सामिप्यले उनीहरु नयाँ सम्बन्ध स्थापित गराउन खोजेको बलिवुडमा अनुमान गर्न थालिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।