अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ ।
यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग उनले काम गर्ने मौका पाएकी छन् । निर्देशक नाग अश्विनको महत्वाकांक्षी प्रोजेक्टमा उनले अमिताभ बच्चन र प्रभास जस्ता स्टारसँग काम गर्ने अवसर पाएकी छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मका लागि प्रभाषको केही दृश्य सुट गरिसकिएको छ ।
त्यस्तै अर्को साइन्स थ्रिलर फिल्ममा पनि दिशा देखिँदैछिन् । नाग अश्विनको यो दुई भाषा हिन्दी र तेलुगुमा बन्ने फिल्ममा दुलकीर सलमान र महेश बाबुको अभिनय रहनेछ । साउथको ठूलो प्रोडक्सन हाउस वैजयन्ती मुभिजले निर्माण गर्ने यो फिल्म अन्य क्षेत्रीय भाषामा पनि डब हुँदैछ ।
पछिल्लो रिपोर्ट अनुसार टाइगर र दिशाको जीवनमा अर्की अभिनेत्री आएपछि उनीहरुको सम्बन्ध संकटमा परेको बताइएको छ। मुम्बई मिररका अनुसार ‘स्टूडेंट अफ द ईयर २’ की अभिनेत्री तारा सुतारियासँग टाइगरको हिचमिच बढेपछि दिश सँगको उनको सम्बन्ध बिग्रिएको बताइएको छ।
पछिल्लो समय तारा र टाइगरले सँगै फिल्म गरिरहेको र उनिहरु नजिकिएको चर्चा बलिवुडमा व्यापक भएको छ। फिल्म सँगै गरेका कारण नजिकिएका हुन् या उनीहरुबीच अरु केही छ त्यो त उनिहर ले नै जानुन तर अहिले देखिएको उनीहरुको सामिप्यले उनीहरु नयाँ सम्बन्ध स्थापित गराउन खोजेको बलिवुडमा अनुमान गर्न थालिएको छ।