मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

गर्भावस्थालाई उत्सव बनाउने चलन, श्वेता खड्काको बेबी बम्प

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिले-पहिले गर्भवतीले सकेसम्म आफूलाई ढाकछोप गर्न खोज्थे । खुकुलो पहिरन लगाउँथे, ताकि बढ्दै गरेको पेट नदेखियोस् । अहिले परिस्थिति र मनस्थिति फरक छ ।

जब गर्भको बच्चा हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ, यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ । अतः यसको सुरुवात भएको छ, सेलिब्रिटीबाट ।

जस्तो कि, अभिनेत्री श्वेता खड्का । भर्खरै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । रातो लेहेंगा चोलीमा ठाँटिएर उनले फोटोसुटको लागि केही पोज दिएकी छिन् । तस्वीरमा उनीसँगै श्रीमान विजयेन्द्रसिंह राउत पनि छन् । उनीहरुले प्रेमिल भावभंगीमामा केही थान फोटो खिचाएका छन् ।

अभिनेत्री श्वेताले गएको मंसिरमा विवाह गरेकी हुन् । पछिल्लो समय उनी फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय छिन् । श्वेता ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।