भुवन केसी र जिया केसीको विवाह हुने हल्लापछि सुस्मिताले भनिन्, ‘म अहिले पनि सिंगल छु’

भुवन केसी र जिया केसीको विवाह हुने हल्लापछि सुस्मिताले भनिन्, ‘म अहिले पनि सिंगल छु’

काठमाडौं । तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ ।

उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा उल्लेख गरेका थिए । त्यसयता आफूहरुबीच कुराकानी नभएको समेत उनले बताएका थिए ।

तर भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताको प्रतिक्रिया सतहमा आएको छ । सुस्मिताले अनलाइनखबरलाई भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया पठाएकी छन् ।

Europass CV in Nepal

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’ समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको समेत सुस्मिताले उल्लेख गरेकी छन् ।

करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ ।तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् । उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् ।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् । अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए ।

अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए । एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए ।

 

Europass CV in Nepal