अन्ततः अल्लु अर्जुनले गरे ‘पुष्पा २’को छायांकन सुरु

अन्ततः अल्लु अर्जुनले गरे ‘पुष्पा २’को छायांकन सुरु

काठमाडौं । अन्ततः तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ ।

सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो इन्स्टाग्राम एकाउन्टमा उक्त तस्वीर सेयर गरेका हुन् । तस्वीरमा उनले अल्लु अर्जुनलाई केही कुरा बुझाइरहेको देख्न सकिन्छ ।

केही महिना पहिले नै पुष्पा २ को सुटिङ सुरु हुने भनिए पनि विविध कारणले छायांकन तालिकामा ढिलाइ भइरहेको थियो । फिल्मले सन् २०२३ मा बक्स अफिसमा उधुम मच्चाउने अपेक्षा गरिएको छ । यो फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दाना र फहाद फासिल समेत प्रमुख भूमिकामा छन् ।

Europass CV in Nepal

केही महिना पहिले पिंकभिल्लालाई दिएको एक अन्तर्वार्तामा अल्लु अर्जुनले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएका थिए । दोस्रो भागलाई अझै गुणस्तरीय बनाउन सकिने आशा उनले व्यक्त गरे । निर्माताले पुष्पाको दोस्रो श्रृंखलाको बजेट ४०० करोड भारु हुने जनाएका छन् । पहिलो भाग १९४ करोड भारुमा बनेको थियो ।