मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अमेरिकामा रोमान्स गर्दै भुवन र जिया

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् ।ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे । नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे ।

भुवनको अमेरिका भ्रमण फिल्म अवार्ड र घुमघामभन्दा तेस्रो विवाह सम्बन्धी उनको एक अन्तर्वार्ताले चर्चामा आयो । जसको तरंग भारतमा रहेकी उनकी पूर्वपत्नी सुस्मितासम्म पुग्यो । सुस्मिताले यसबारे टिप्पणी समेत गरिसकेकी छन् ।

अमेरिकामा रहँदा भुवन र जिया घुमघाममा निकै रोमान्टिक पनि देखिए । युनिभर्सल स्टुडियो घुम्ने, गल्फ खेल्नेदेखि अन्य रोमान्टिक ठाउँ घुम्नेसम्मका तस्वीर देखिए । जियाले भुवनसँगका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छन् । तेस्रो विवाहको चर्चाबीच यो जोडीको चर्चा अहिले पुनः सुरु भएको छ । भुवनले त चाँडै गुड न्युज समेत आउने बताइसकेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।