मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।

श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ ।ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् ।

श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् । उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् ।

श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’

केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि अनलाइनखबरसँग कुरा गदै उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।