यी हलिउड अभिनेता बने यस वर्षको ‘जीवित सेक्सी पुरुष’

यी हलिउड अभिनेता बने यस वर्षको ‘जीवित सेक्सी पुरुष’

काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो ।

मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीको रुपमा प्रकाशित गरेको छ । सन् २०२० मा माइकल बी जोर्डन र सन् २०२१ मा ‘आन्ट म्यान’ अभिनेता पौल रड सेक्सी पुरुष घोषित भएका थिए ।

‘यी सबै कुराबारे अन्तर्वार्ता गर्नु निकै कठिन काम हो,’ ठट्टा गर्नुअघि अभिनेता इभान्सले म्यागजिनसँग भने, ‘हुन त सेक्सी भन्नु एउटा बुलिङ र ह्यारेन्समेन्ट पनि हुनसक्छ ।’

Europass CV in Nepal

यतिबेला इभान्स प्राइम भिडियोको फिल्म ‘रेड वान’का लागि ड्वेन जोन्सनसँग काम गर्देछन् । अन्तर्वार्तामा इभान्सले अभिनयभन्दा बाहिर पनि आफूले भविष्य खोजिरहेको बताएका छन् ।