मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

यी हलिउड अभिनेता बने यस वर्षको ‘जीवित सेक्सी पुरुष’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो ।

मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीको रुपमा प्रकाशित गरेको छ । सन् २०२० मा माइकल बी जोर्डन र सन् २०२१ मा ‘आन्ट म्यान’ अभिनेता पौल रड सेक्सी पुरुष घोषित भएका थिए ।

‘यी सबै कुराबारे अन्तर्वार्ता गर्नु निकै कठिन काम हो,’ ठट्टा गर्नुअघि अभिनेता इभान्सले म्यागजिनसँग भने, ‘हुन त सेक्सी भन्नु एउटा बुलिङ र ह्यारेन्समेन्ट पनि हुनसक्छ ।’

यतिबेला इभान्स प्राइम भिडियोको फिल्म ‘रेड वान’का लागि ड्वेन जोन्सनसँग काम गर्देछन् । अन्तर्वार्तामा इभान्सले अभिनयभन्दा बाहिर पनि आफूले भविष्य खोजिरहेको बताएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।