मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

एउटा गल्ति जसलेगर्दा आदिपुरुष बन्यो भारतकै महंगो फिल्म, फेरी सय करोड खर्च गर्ने

Himali Patrika 1 मिनेट पढाइ

भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’ बन्ने घोषणा भएसँगै चर्चामा थियो।यो फिल्म कहिले प्रदर्शन हुन्छ भनेर दर्शकहरू प्रतीक्षामा थिए तर फिल्मको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना खेप्नुपर्‍याे।फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो।

त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए।नकारात्मक टिप्पणीपछि निर्माण टिमले फिल्म प्रदर्शन हुनुअघि पुन: भिएफएक्स गर्ने भएका छन्। भिएफएक्सले गर्दा फिल्मको बजेट पनि बढ्ने भएको छ।

पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारू बनेको बताइएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार अब फिल्मको बजेट करिब ६ सय करोड भारु पुगेको छ। योसँगै ‘आदिपुरुष’ भारतकै महंगो फिल्म सावित भएको छ।

अक्षय कुमार र रजनीकान्त अभिनीत फिल्म ‘२.०’ ५ सय ७० करोड भारुमा बनेको थियो भने राम चरण र जूनियर एनटीआर अभिनीत फिल्म ‘आरआरआर’ ५ सय ५० करोड भारुमा बनेको थियो। यी फिल्मलाई उछिन्दै ‘आदिपुरुष’ भारतकाे महंगाे फिल्म बनेकाे हाे।

हालै निर्देशक ओम राउतले फिल्मको मेकिङमा केही काम गर्नुपर्ने बताउँदै प्रदर्शन मिति सारेका थिए। जनवरी १२ मा प्रदर्शन हुने भनिएको फिल्म जुन १६ मा प्रदर्शन हुनेछ।

हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुने फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

आदिपुरुष थ्री–डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।