मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अल्लु अर्जुनको ‘पुष्पा २’ ले प्रदर्शनमा नआउँदै फिल्म आरआरआरको रेकर्ड तोड्यो

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियाे, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। फिल्म ‘पुष्पा: द राइज’ को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।

यो फिल्मको मागलाई मध्यनजर गर्दै निर्माताले विदेशी राइट्स अधिकारको लागि महंगो मूल्य तोकेका छन्। ‘पुष्पा २’ का निर्मातालाई यस फिल्मबाट धेरै फाइदा हुुने देखिएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार निर्माताले ‘पुष्पा: द रुल’ को विदेशी राइट्स ८० करोड भारुभन्दा बढी तोकेका छन्।सोही मूल्यमा बिक्री भयो भने ‘पुष्पा २’ ले प्रदर्शनभन्दा पहिला नै एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को रेकर्ड तोड्ने छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘आरआरआर’ को विदेशी राइट्स ७० करोड भारुमा बिक्री भएको थियो।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्राे कमाइ गर्ने फिल्मकर्मीकाे आशा छ।आगामी हप्ता छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘पुष्पा २’ को टिजर छायांकन भइसकेको छ। फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। सुकुमारले निर्देशन गरेको फिल्म ‘पुष्पा: द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।