मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

राजेश हमाल : डेढ घन्टा कुराएर हमाल आए, शुभकामना दिए गए

Himali Patrika 1 मिनेट पढाइ

सोमबार काठमाडौंको आई प्लेक्स मलमा आयोजना भएको ‘रानी माया’ बोलको गीत रिलिज कार्यक्रमका प्रमुख अतिथी थिए, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ । यस्तै, विशेष अतिथी थिए नायक राजेश हमाल ।

कार्यक्रम दिउँसो साढे १२ बजेलाई तोकिएपनि सुरु हुँदा २ बजिसकेको थियो । हमाल ढिलो आउँदा कार्यक्रम ढिलै सुरु भयो । हमाल आएर सिटमा बसे । गीत देखाउने काम भयो । राजेश हमाल नै आउने भनिएकाले मिडियाकर्मी साढे १२ बजेदेखि हलमा थिए ।

तर, राजेश हमालले गीत हेरेपछि छोटो शब्दमा गायक तथा मोडल कृष्ण बीके र उनको टिमलाई शुभकामना दिए । हमाल हतार हतारमा बोले र हिडे । निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा जानु छ भन्दै हमाल निर्माता संघका अध्यक्ष नवल खड्कासँगै हिडेका थिए ।

हमाल कार्यक्रममा बोलेर हिडेपछि बल्ल प्रमुख अतिथी जीवनराम श्रेष्ठ बोलेका थिए । राजेश हमालसँग केही प्रश्न सोधौला भनेर उनलाई डेढ घन्टा कुरेका मिडियाकर्मी हिस्स भए । हुनत, राजेश हमालको कुराउने बानी यो नै पहिलो होइन । अर्को कार्यक्रममा जानु थियो भने हमाल यो कार्यक्रम केही अगाडि आइदिएको भए कती राम्रो हुन्थ्यो होला ?

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।