मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

आँचल शर्मा र सुहाना थापा एकसाथ भिड्दै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लाबेग्लै पहिचान बनाएका दुई नायिकाहरु हुन् आँचल शर्मा र सुहाना थापा। दुबैजना चलचित्र क्षेत्रमा डिमान्डेड नायिकामा पर्नेगर्छन् । दुबैजना अभिनित चलचित्र हिट पनि भएका छन् । अब भने यि दुई नायिका अभिनित भिन्नाभिन्नै चलचित्र एकैसाथ भिड्ने भएका छन् ।

आँचल अभिनित चलचित्र ‘नाईं नभन्नु ल ६’ र सुहाना अभिनित ‘भागवत गीता’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएका हुन् । ‘भागवत गीता’ले पहिल्यै आफ्नो प्रदर्शन मिति नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेलाई तय गरेको थियो भने ‘नाईं नभन्नु ल ६’ले भने केही दिन अघि मात्रै सोही दिनलाई प्रदर्शन मिति तय गरेको हो।

‘भागवत गीता’मा झरना थापाको निर्देशन रहेको छ। सुहानासँगै यस् चलचित्रमा अनमोल केसीको पनि मुख्य भुमिका रहने बताइएको छ। यद्यपि अनमोलसँग कागजी सम्झौता नभएको बताइएको छ। यस् चलचित्रका निर्माता झरना थापा र सुनिल कुमार थापा हुन् ।

यता, ‘नाईं नभन्नु ल ६’लाई विकास आचार्यले निर्देशन एवम् निर्माण गरेका हुन् । चलचित्रमा नायिका आँचल शर्मा र नव नायक आशीर्वाद क्षेत्रीको प्रेम अनि रोमान्स रहने बताइएको छ।

चलचित्रमा विकाश आचार्यको निर्माण र निर्देशन रहेकोछ। बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई चलचित्रमा समावेश गरिएको बताइएको छ। चलचित्रको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।यसरी, आशा गरिएका दुई राम्रा चलचित्र एकसाथ भिड्नु पक्कै पनि राम्रो हुँदै होइन।तर पनि निर्माताहरुले एकैदिनमा भिडाउँछन् ।

त्यसो त, नेपालमा दुई चलचित्र एकसाथ भिड्नु खासै नौलो कुरो होइन। बरु विदेशी चलचित्रसँग डराएर मिति सार्छन तर नेपाली चलचित्रसँग भिडाउन तयार हुन्छन् नेपाली निर्माता।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।