मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

आफैले अभियन गरेको उचाइको टिकट पाएनन् अनुपम खेर

Himali Patrika 1 मिनेट पढाइ

मुम्बई । निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् । भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन् । उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफूल भएकाले टिकट दिन नमिल्ने भनेका छन् ।

भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन् । आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन् । यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन् ।

‘मैले उचाइको टिकट पाइनँ । पहिलोपटक असफलतामा सफलता देखें । म खुशीले पागल झैं भएको छु । जे पनि हुनसक्छ । जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन् । नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।