नायक दयाहाङ राइमाथि ३ फिल्म मार्फत साढे ६ करोड लगानी, ३२ करोड आम्दानी

नायक दयाहाङ राइमाथि ३ फिल्म मार्फत साढे ६ करोड लगानी, ३२ करोड आम्दानी

संभवत, कुनै नायकको फिल्मले एउटै बर्षमा सबैभन्दा धेरै ग्रस कलेक्शन गरेको यही बर्ष होला । यो बर्ष नायक दयाहाङ राइले लगातार ३ फिल्म हिट दिएर ह्याट्रिक मात्र गरेका छैनन्, एक नयाँ रेकर्ड समेत राखेका छन् ।

दयाले अभिनय गरेका ‘कबड्डी ४, २ नम्बरी र के घर के डेरा’ यो बर्षका हिट फिल्ममा पर्छन् । यो बर्ष यी तिन फिल्ममाथि करिब साढे ६ करोड हारहारीमा लगानी भएको छ । तर, यी तिन फिल्मको ग्रस कलेक्शन हेर्ने हो भने ३० करोड माथि छ । दयाको ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोडको ग्रस कलेक्शन गरेको आँकडा निर्माताले प्रस्तुत गरेका थिए ।

यो फिल्म अहिलेसम्मकै सर्वाधिक धेरै ग्रस कमाई गर्ने फिल्म समेत बनेको छ । निर्माताको आँकडालाई नै मान्ने हो भने फिल्म ‘२ नम्बरी’को ग्रस कलेक्शन पनि ५ करोड भन्दा माथि छ । यस्तै, अर्को हिट फिल्म ‘के घर के डेरा’को ग्रस कलेक्शन पनि यो बर्ष ५ करोड भन्दा माथि नै छ ।

Europass CV in Nepal

अझ, निर्माताले सही आँकडा प्रस्तुत गर्ने हो भने यो आँकडा केही माथि जान सक्छ । तर, दयाका फिल्मले यो बर्ष ३२ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको देखिन्छ । यो रेकर्ड सायद अहिलेसम्म नेपालका कुनै पनि नायकको नाममा छैन । यसअर्थमा, दयाले दुर्लभ रेकर्ड समेत राखेका छन् । मेरोफिल्मबाट 

Europass CV in Nepal