मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

चर्चित र्‍यापर लाउरे र हायात लिम्बूबीच प्रेम चर्चा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्‍यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् ।लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् ।

रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा छ । यतिबेला अफेयरको हल्लाले लाउरे चर्चामा छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा पाएको छ ।

टिकटकमा हायात लिम्बू नामकी युवती र लाउरेको रोमान्टिक भिडियो भाइरल बनेको छ । हायात र लाउरेले रोमान्टिक टिकटक बनाउँदै आफूहरुले मायामा रहेको सन्देश दिन खोजेका छन् ।

लाउरेसँगको रोमान्टिक भिडियो बनाउँदै हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई मेन्सन पनि गरेकी छन् । कमेन्टमा धेरैले यो जोडीलाई शुभकामना तथा बधाई पनि दिइरहेका छन् ।

तर लाउरेले रिलेसनसिपबारे औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन् । तर केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै उनले आफू सिंगल रहेको र योग्य प्रेमिकाको खोजीमा रहेको बताएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।