मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
कला मनोरञ्जन

अभिनेता महेश बाबुका बुवा सुपरस्टार कृष्णाको निधन

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृशोक परेको छ। आज बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो।भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको निधन भएको हो।

श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

दुई महिनाअघि मात्रै महेश बाबुको आमा इन्दिराको निधन भएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए। यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो। उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो।

कृष्णा घट्टामनेनी १९७० र ८० दशकको चर्चित अभिनेता हुन्। उनी तेलुगु फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले परिचित थिए। उनले करिब ३५० फिल्ममा अभिनय गरिरकेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।