मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
शिक्षा

एसईईको रिजल्ट एक साताभित्र प्रकाशित गरिने

Himali Patrika 1 मिनेट पढाइ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए।

‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’

वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।