मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अर्थ वाणिज्य

वेसमेन्ट क्याफेमा आयोजित साङ्गीतिक कार्यक्रम सौहार्दपूर्ण ढंगले सम्पन्न

Himali Patrika 1 मिनेट पढाइ

घोराही। बेसमेन्ट क्याफेमा नयाँ वर्षको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम सौहार्दपूर्ण ढंगले सम्पन्न भएको छ। घोराही १५, बैंकरोडमा रहेको बेसमेन्ट क्याफे एण्ड रेस्टुराले आयोजना गरेको नयाँवर्ष विशेष कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो।  

साङ्गीतिक कार्यक्रममा  स्थान्यीय तथा राष्ट्रिय खायातिप्रप्त कलालकरहरुको बेजोड प्रस्तुतिबाट सुरु भएको थियो। डिजे संजोक, क्षितिज ब्याण्ड, गम्बिर बुढा मगर, जय बर्न, हिपप दाङ,  बुङ्ग र्यापर लगायत विभिन्न कलाकारहरुहरुको प्रस्तुति रहेको थियो।

नयाँवर्षको पुर्वसंध्याँ बुधबार बेलुका ६ बजेबाट सञ्चालन भएको कार्यक्रम राती करिव १० बजे सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख आयोजक हिमालयन रोडिज सिजन ३ बाट लोकप्रियता कमाएका युवा रामचन्द्र क्षेत्री र युवा व्यवसायी ललित मगरले गरेका थिए। 

व्यवस्थापन तथा अन्तरिक सुरक्षा को जिम्मा राम भ्लगका सदस्य र  होप ट्रेनीङ्ग सेन्टरका विद्यार्थीहरुल़ाई दिइएको थियो। कार्यक्रमको सहजीकरण  मोडल तथा कोरियोग्राफर रिचा बुढाथोकीले गरेकी थिइ। कार्यक्रमको मुख्य प्रायोजकमा दि ब्यारोन, बाह्रसिंगे बेर र वेसमेन्ट क्याफे सोयंले समेत गरेको थियो।

लामो समयसम्म लकडाउनका कारण  ठप्प परेको होटल व्यवसाय यस्ता सांगेतिक कार्यक्रमले ग्राहक होटल सम्म ल्याउन सहयोग पुग्ने क्याफेका सञ्चालक पहलसिंह वलीले बताए। बेसमेन्ट क्याफेले आगामी दिनहरूमा यस प्रकारका कार्यक्रमहरू नियमित आयोजना गर्ने सञ्चालक ओलीले बताए। 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।