मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

दुई घण्टामै बिक्यो भारतको नयाँ हाई स्पीड इलेक्ट्रिक बाइक

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं ।भारतको बैंगलुरस्थित इलेक्ट्रिक भेहिकल स्टार्टअप अल्ट्राभोयलेट अटोमोटिभले आफ्नो हाई स्पीड इलेक्ट्रिक बाइक अल्ट्राभोयलेट एफ७७ को सबै ७७ लिमिटेड एडिसन यूनिट बिक्री गरेको छ। कम्पनीले अल्ट्राभोयलेट एफ७७ बाइक स्ट्यान्डर्ड र लिमिटेड एडिसन भर्सनमा सार्वजनिक गरेको थियो।

कम्पनीले बुकिङ शुरु गरेको २ घण्टा भित्र लिमिटेड एडिसनको सबै ७७ यूनिट बिक्री गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। अल्ट्राभोयलेट एफ७७ को लिमिटेड एडिसन वर्सन स्ट्यान्डर्ड मोडलको तुलनामा छुट्टै डिजाइन र अधिक पावरमा उपलब्ध छ। एडिसन भर्सनको मूल्य स्ट्यान्डर्ड भर्सन भन्दा महँगो छ।

अल्ट्राभोयलेट एफ७७ ती भेरियन्ट स्ट्यान्डर्ड, रेकोन र लिमिटेड एडिसनमा ल्याइएको छ। अल्ट्राभोयलेट एफ७७ स्ट्यान्डर्डको मूल्य ३ लाख ८० हजार भारु, अल्ट्राभोयलेट एफ७७ रेकोनको मूल्य ४ लाख ५५ हजार भारु र अल्ट्राभोयलेट एफ७७ लिमिटेड एडिशनको मूल्य ५ लाख ५० हजार भारु एक्स शोरुम तोकिएको छ।

अल्ट्राभोयलेट एफ७७ स्ट्यान्डर्ड भेरियन्टमा २७ किलोवाट (३६.२ बीएचपी) इलेक्ट्रिक मोटर दिइएको छ। रेकोनमा २९ किलोवाट (३८.९ बीएचपी) र लिमिटेड एडिसनमा ३०.२ किलोवाट (४०.५ बीएचपी) इलेक्ट्रिक मोटर दिइएको छ।

स्ट्यान्डर्डमा ७.१ किलोवाट आवर, रेकोनमा १०.३ किलोवाट आवर र लिमिटेड एडिसनमा १०.३ किलोवाट आवर ब्याट्री प्याक छ।फुल चार्जमा अल्ट्राभोयलेट एफ७७ स्ट्यान्डर्डले २०६ किलोमिटर, रेकोनले ३०७ किलोमिटर र लिमिटेड एडिसनले ३०७ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

अल्ट्राभोयलेट एफ७७ लिमिटेड एडिसनको पवार आउपुट पनि दमदार छ। यो बाइकले ४०.२ बीएचपी पावरमा १०० एनएम टर्क जेनेरेट गर्छ। यसले ० देखि ६० किलोमिटर प्रति घण्टाको गति २.८ सेकेण्डमा हासिल गर्छ। बाइकमा तीन राईड मोड, ग्लाइड, कमब्याक्ट र ब्यालिस्टिक्स छ। कम्पनीले एफ७७ को ब्याट्रीमा ८ वर्ष तथा १ लाख किलोमिटरको वारेन्टी दिइएको छ।

बाइक नर्मल एसी चार्जरबाट फुल चार्ज गर्न ७ देखि ८ घण्टा लाग्छ। फास्ट चार्जरबाट एक घण्टामा ३५ किलोमिटरसम्म चलाउन सकिन्छ। यसमा बूस्ट चार्जरको विकल्प पनि छ। यसबाट बाइक साढे १ घण्टामा ७५ किलोमिटरको रेञ्जसम्म चार्ज गर्न सकिन्छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।