मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

अब जहाज भित्र मोबाइल फलाट मोडमा राख्न नपर्ने

Himali Patrika 1 मिनेट पढाइ

अब उडिरहेको विमानबाटै यात्रुहरूले फोन गर्न र इन्टरनेट चलाउन पाउने भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी बिबिसीका अनुसार युरोपियन युनियन (इयू) मा आवद्ध राष्ट्रभित्र उड्ने विमानका यात्रुहरूले विमानभित्रै फोन चलाउन पाउने भएका हुन्।

अहिलेको नियमअनुसार यात्रुहरूले विमान चढ्नु अघि मोबाइललाई ‘एरोप्लेन मोड’मा राख्नुपर्छ। यसरी मोबाइललाई एरोप्लेन मोडमा राख्दा कसैलाई फोन गर्न मिल्दैन। र, फोन पनि आउँदैन। त्यस्तै इन्टरनेट पनि चल्दैन।

अब भने नयाँ व्यवस्था लागू हुने भएको हो। तर यो कसरी कार्यान्वयन हुन्छ भन्नेबारे पूर्ण जानकारी सार्वजनिक भएको छैन। तर युरोपेली आयोगले ती विमानमा ५-जी प्रविधिको व्यवस्था गर्ने बताएको छ।

हालसम्मको जानकारी अनुसार इयूका राष्ट्रहरूलाई सन् २०२३ को जुन ३० भित्र विमानमा ५-जी फ्रिक्वेन्सी ब्यान्ड उपलब्ध गराउन निर्देशन दिएको छ।इयूले उक्त पहलसँगै यात्रुको सुविधा थप हुने र इयू राष्ट्रहरूको विकासमा पनि मद्दत मिल्ने विश्वास राखेको छ। विमानमा मोबाइल एरोप्लेन मोडमा नराखी चलाउन मिल्ने व्यवस्थाबारे धेरैले चासो देखाएको छ। तर याे प्रविधिले विमानमा कुनै पनि समस्या सिर्जना नगर्ने इयूको दाबी छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।