यहाँ देखाइएको तस्विर नेपालमा १० वर्षे शास्त्र द्वन्द्व गरेको तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी एक जना महिला छापामार जुना राइ अर्थात त्यो बेलाकी कमरेड चुनौतीको हो । तत्कालीन समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै नै चर्चा कमाएको यस तस्विर फोटो पत्रकार सगर श्रेष्ठले २०६१ मा भोजपुरको पहाडी इलाकाको एउटा माओवादी सेल्टर पुगेर खिचेका थिए।
तस्वीरमा भावुक देखिने जुनले चिसोबाट जोगाउनका लागि एसएल आर असल्ट राइफललाई आफ्नो पछेउरी छोपेकी छिन। लडाकुहरूको निरास र अनिश्चित भविष्य निर्दोष अनुहारमा प्रष्ट देखिएको भन्दै यो तस्विर राष्ट्रिय तथा अन्तराष्ट्रिय पुस्तक, म्यागजिन, डकुमेन्ट्री अर्थात् सिनेमाहरूमा प्रयोग गरिएको थियो।
खोटाङ जिल्लाको साविक सुन्तले गाविस ३ घर भएकी जुना राइ २०५९ सालमा कक्षा ८ मा पढ्दै गर्दा उनका बा र दाइले रोक्न खोज्दा खोज्दै घरबाट भागेर माओवादीमा लागेकी थिइन। उनी भूमिगत भएपछि उनकी बहिनी गुना राइ पनि वि.सं २०६० सालमा माओवादीमा आवद्ध भएर कमरेड सुजाता भएकी थिइन।
कुनै समय अयोग्य भनेर हटाइएकी माओवादी कि पूर्व लडाकु अर्थात् धाविका मिरा राईकी कमान्डर समेत रहेकी प्लाटुन कमान्डर जुना राई लहान, भोजपुर, रिपिटा टावर, घोरेटार, बन्धिपुर, दिक्तेल बजार लगायतका आक्रमणहरूमाथि सहभागी भएकी थिइन भने अन्य थुप्रै भिडन्तहरूको पनि सामना गरेकी थिइन । भोजपुरको आक्रमणमा त उनि शाक्त घाइते समेत बनेकी थिइन।
द्वन्द उत्कर्षमा पुगिरहेका बेला जुना राइ उदयपुर, भोक्से र खोटाङको दिक्तेल बजारमा उनका दाइ भुवन राइसंग आमनेसामने भएर युद्ध गरेकी थिइन। जातिले उनका दाइ नेपाल आर्मीमा कार्यरत थिए । भाग्यवस उनीहरु एक आपसमा गोली लागेर इन्काउन्टर हुनबाट बचेका थिए। बहिनी गुना राइ पनि भोजपुरको एउटा भिडन्तमा दाइ भुवनसँग आमनेसामने भएर लडेकी थिइन।
आधा दजर्न भन्दा बढी ठूला भिडन्तमा सहभागी उनी, घोरेटार भिडन्तमा गम्भीर घाइते भएकी थिइन। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनले स्वैच्छिक अवकाश रोजेकी थिइन। माओवादीले हतियार विसाइ सकेपछि जुना उदयपुर स्थित माओवादी लडाकुको अस्थाई क्याम्पमा चारवर्ष बसेपछि सिन्धुलीको दुधौली सिविरबाट सेना समायोजनमा परेकी थिइन।
सेना समायोजनमा परेका जम्मा १ सय १ जना महिला लडाकुहरु मध्य जुना राइ पनि एक थिइन। शान्ति स्थापनाको तीनवर्ष पछि अर्थात २०६५ सालमा भुवनले आफ्नो बहिनिसंग ६ वर्षपछि पहिलो पटक भेटेका थिए। भुवन छापामारहरुलाई सेनाले व्यारेकमा ल्याएर दिएको यातना देख्दा आफ्नो दुइजना बहिनीको यस्तो अवस्था नआवस भनेर प्राथना गर्ने गरेको बताउँथे।
पूर्व लडाकु कुमार तामाङसंग वैवाहिक बन्धनमा बाँधीएकि जुना राइको नेपाली सेनामा समायोजित भएर आफ्नै दाइसंग काम गर्ने चाहना भएता पनि त्यो सामना कहिलै पुरा हुन सकेन किनकि उनका दाजु झापामा कार्यरत थिए भने नेपाली सेनाको त्रिसुली तालिम केन्द्रबाट तालिम सकेर पास आउट भएपछि जुना पश्चिम नेपालको वन्यजन्तु आरक्ष सुरक्षार्थ कटिएकी थिइन। दि नेपलिज सिभिल वारको सहयोगमा