मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

कतारमा कोइ भन्दा कम छैनन् नेपाली समुदाय, यसरी विश्वकपमा आफ्नो संस्कृति चिनाएरै छाडे

Himali Patrika 1 मिनेट पढाइ

दोहा। कतारमा जारी विश्वकपमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने प्रयास गरिएको छ।दोहास्थित नेपाली दूतावाससँगको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निरन्तर सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ।विश्वकपलाई लक्षित गरी कतार सरकारले एशियन टाउनको सनैयामा नेपालीलाई आफनो कला र संस्कृति प्रस्तुत गर्ने अवसर दिएको छ।

जहाँ नेपाली दैनिक ४५ मिनेट नेपाली कला संस्कृति झल्कने प्रस्तुती दिने गरेको कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले प्रवास खबरलाई बताए।कतारले कतारमा रहेको विभिन्न धर्म र जात जातीलाई आ-आफनो इच्छा बमोजिम कला प्रस्तुत गर्ने अवसर दिएको छ।

अन्य मुलुकका नागरिकले भिडियोहरु प्ले गरे पनि नेपालले भने प्रत्यक्ष संस्कृति कार्यक्रम प्रस्तुत गरेको उनले बताए।नेपालले प्रस्तुत गरेको शो राम्रो भएपछि कतार सरकारले थप एक घण्टा प्रस्तुतीका लागि समय दिएको उनको भनाइ छ। त्यस्तै प्रदर्शनी स्थलमा नेपाली उत्पादन समेत राखिएको उनले बताए।

एनआरएनए कतारका महासचिव पदम गिरिले यस्ता किसिमका कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए। विश्वकपको आनन्द उठाउन नेपाली समुदाय विभिन्न कार्यमा सक्रिय छन्। रंगशालाभित्र फुटबलका खेलहरू जारी रहँदा बाहिर विश्वभरीबाट आएका फुटबल पारखीहरूलाई मनोरञ्जन दिने काम नेपाली समूदायले गरेको हो।

नेपाली कलाकारले ‘फ्यान जोन’ मा उभिएर आफ्नो कला संस्कृति प्रदर्शन गरिरहेका छन्। नेपाललगायतका आप्रवासी श्रमिकल ‘फ्यान जोन’ मा पुगेर विश्वकपको मजा लिइरहेका छन्। ‘फ्यान जोन’ मा हरेक दिन विभिन्न देशका कलाकारहरूको सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।