मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

यी महिलाले आफैं वीर्यको सुई लगाएर बच्चा जन्मिएपछि सबै तिनछक

Himali Patrika 1 मिनेट पढाइ

एकजना युवतीले आफ्नो गर्भाधान तथा सन्तान प्राप्तिको बारेमा गरेको खुलासाले सबैलाई तिनछक बनाइदिएको छ ।ती युवतीले वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान मात्र गरिनन् स्वस्थ बच्चा पनि जन्माउन सफल भएकी छिन् ।

२३ वर्षकी युवतीको नाम सेनन नाजरोभिज हो । बेलायतको म्यानचेस्टरमा बस्ने सेननले आफ्नो गर्भासयसम्म शुक्रकिट पुर्‍याउनका लागि वीर्य भरिएको कालपोल सिरिन्जको प्रयोग गरेकी थिइन् ।आफूले १९ वर्षकै उमेरमा त्यसरी गर्भाधान गरेर बच्चा जन्माएको र अहिले आफू एक छोरीको आमा रहेको उनले खुलासा गरिन् ।

सेननले आफ्ना छोरी ओशनसँगका भिडियोहरु प्रायः टिकटकमा शेयर गर्दछिन् । उनले आफ्नो गर्भाधारणको बारेमा उक्त अनौठो खुलासा पनि टिकटक भिडियोमै गरेकी हुन् । सेननले जुन विधिबाट गर्भाधारण गरिन् त्यसलाई घरेलु गर्भाधान अर्थात् होम इन्सेमिनेसन भनिन्छ ।

सेननका अनुसार उनले सबैभन्दा पहिले शुक्रकिट दाताको खोजी गरिन् । त्यसमा उनलाई धेरै समय लागेन । शुक्रकिट दाता खोज्न र मेडिकल रेकर्ड हेरेको तीन महिनाभित्र घरमै कालपोल सिरिन्जको प्रयोग गरेर उनले गर्भाधान गरिन् ।

आफू समलिंगी भएको हुँदा शुक्रकिट दाता तथा सिरिन्जको प्रयोग गरेको पनि उनले खुलासा गरेकी छिन् ।धेरै मानिसलाई यसरी पनि गर्भ रहन्छ भन्नेमा अझै विश्वास छैन, त्यसैले उनले यसबारेमा धेरै भिडियो तयार गरेकी छिन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।