अर्जेन्टिनाको जितमा खुशी मनाउन लुगा खोल्दा एक महिला कतार प्रहरीको फन्दामा

अर्जेन्टिनाको जितमा खुशी मनाउन लुगा खोल्दा एक महिला कतार प्रहरीको फन्दामा

कतारी कानुनको उल्लङ्घन गर्नेलाई जेल सजाय छ भन्ने थाहा पाउँदा पाउँदै कतारमा एक महिलाले लुगा खोलेपछि कतारमै जेल सजायको भागेदार बनेकी छिन।  अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराउँदै फूटबल विश्वकप जितेको खुशीयाली मनाउने क्रममा कम्मरमाथिको लुगा खोलेपछि  एक महिलालाई कतार प्रहरीको फन्दामा परेको बेलायती पत्रिका डेली मेलले खबर दिएको छ ।

पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले निर्णायक गोल गरेपछि लुसेल स्टेडियममा क्यामराहरू खुशियाली मनाइरहेका अर्जेन्टिनी प्रशंसकहरूतर्फ तेर्सिएका थिए । दर्शकदीर्घामा रहेकी एक महिलाले लुगा खोलेर माथिल्लो अंग देखाइदिएकी थिइन् ।

प्रतियोगिता शुरू हुनुअघि कतारले विभिन्न देशका समर्थकहरूलाई कतारको परम्परालाई सम्मान गर्न चेतावनी दिएको थियो । बाहिरबाट आएका समर्थकहरूलाई आफ्नो कम्मर र काँध ढाक्ने कपडा लगाउन भनिएको थियो ।

Europass CV in Nepal

अनि स्कर्ट वा ट्राउजर पनि घुँडा ढाक्ने किसिमको हुनुपर्ने कतारी अधिकारीहरूले निर्देशन दिएका थिए । तर अर्जेन्टिनी समर्थकले खुशी मनाउने क्रममा ती सबै नियम बिर्सेर नांगिएपछि जेलको चिसो हावा खाने सम्भावना बढेको छ ।