मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

कहाँ छिन् शोभराजले भेट्न चाहेकी छोरी उषा ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराजलाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । रिहा हुने आदेशसँगै उनको रिहाई र ‘डिपर्टेसन’को तयारी भइरहेको छ । शोभराजले रिहाईपछि आफ्नी छोरीलाई भेट्न चाहेको बताएको जेल प्रशासन स्रोत बताउँछ ।

उनले जेलमा रहँदा आफ्नी पहिलो पत्नी छन्ताल कोपानगनानबाट जन्म भएको छोरी उषालाई भेट्ने योजना रहेको कारागारका अन्य कैदी तथा जेलरहरुलाई सुनाएका थिए ।

उषाको जन्म सन् १९७० मा भारतको मुम्बईमा भएको बताइएको छ । उनी हाल ५१ वर्ष भइसकेकी छन् । उषा हाल अमेरिकन सरकारको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट’मा आवद्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ मा बीबीसी र नेट्फ्लीक्सको सहकार्यमा चार्ल्स शोभराज रिलिज भएको ‘दि सर्पेन्ट’ नामक सेरिजका निर्माणकर्ताहरुले उनलाई सेरिजको विषयलाई लिएर सम्पर्क गर्ने प्रयास गरेका भए पनि उनले शो मा कुनै भनाई नराखेको ‘द विक’ नामक बेलायतको पत्रिकाले उल्लेख गरेको छ ।

सो पत्रिकाका अनुसार, हाल उषा आफ्नो विगतबाट धेरै टाढा अमेरिकी सरकारको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट’मा काम गर्छिन् । उनलाई सन् १९७५ मा आफ्नी आमाका दोस्रो पति लियोन ह्यारिसले धर्मपुत्री बनाएका थिए ।

लियोनले ‘डेली मेल’ सँगको अन्तर्वार्तामा उषालाई आफ्नो बुबा शोभराजलाई हेर्ने कुनै चासो नभएको र शोभराजको बारेमा उनलाई कुनै कुरा गर्ने चासो नरहेको बताएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।