मन पोल्ने दृश्य, परिवारसंग विदा माग्दै सधैंका लागि अस्ताए निराकार पाण्डे

मन पोल्ने दृश्य, परिवारसंग विदा माग्दै सधैंका लागि अस्ताए निराकार पाण्डे

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले सेतोपाटीलाई उपलब्ध गराएको छ। उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ।

Europass CV in Nepal

अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

एक महिना अघि व्यवसायका क्रममा भिजिट भिसामा कम्बोडिया गएका पाण्डे ग्राण्ड डायमन्ड सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बसेका थिए । अंग्रेजी नयाँ वर्ष परिवारसँग मनाउनका लागि उनी नेपाल फर्किँदै थिए । तर अचानक राती आगो लागेको खबर पाएपछि बाहिर निस्कन खोजेका पाण्डेलाई कोरिडोरबाट माथि जान भनिए पनि आगो कोरिडोरसम्म पुगेपछि उनी निस्कन सकेनन् । आगाेबाट बच्ने अन्तिम बाटो बन्द भएको थाहा भएर होला उनले घरपरिवारलाई सम्झिए र फोन लगाए । भाइबरमा भिडियो कल गरेर नै करिब चार घण्टा आमा, बुवा, श्रीमती, छोरा र बुहारीसँग कुराकानी गरे निराकारले ।

हाल सामाजिक संजालमा निराकार पाण्डेको अन्तिम भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा आफ्ना ९ वर्षिय छोराकालागि उनले केहि सन्देश छोडेका छन् । ४० वर्षिय निराकारकाे अन्तिम शब्द र छोराकालागि मार्मिक सन्देशले धेरै नेपालीलाई यति बेला स्तब्ध बनाएको छ ।

पाण्डेले छोरासँग गरेको कुराकानीः

सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु ।

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।कम्बोडियाको क्यासिनो भवनमा आगो लागिरहँदा झ्यालबाट झापामा परिवारसँग भिडिओमा लाइभ कुरा गरे, अनि हामफाले

कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू।

अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ।

तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू।