मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

पोखरा विमान दुर्घटनाको शोकमा डुब्यो भारतको गाजीपुर, अलावलपुर अफ्गाको बजार नै बन्द

Himali Patrika 1 मिनेट पढाइ

उत्तरप्रदेश । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा गाउँमा चार जनाका युवाहरु परेपछि उत्तर प्रदेशको गाजीपुरको गाजीपुरको अलावलपुर अफगा गाउँ शोकमग्न भएको छ । भारतीय सरकारी समाचार एजेन्सी एएनआईका अनुसार सोमबार उनीहरुको मृत्युको शोकमा गाजीपुरको अलावलपुर अफ्गाको बजार नै बन्द गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ७२ सिटको यात्रुवाहक विमान दुर्घटनामा ६९ जनाको ज्यान गएको पुष्टि भइरहेको छ भने बेपत्ता रहेका ३ जनाको खोजी जारी छ । उनीहरु सबै २३ देखि २८ वर्ष उमेर समूहका थिए र यहाँ विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

पशुपतिनाथको दर्शन गर्नेर पोखरामा प्याराग्लायडिङ गर्ने योजनासहित आएका उनीहरु आइतबार दुर्घटनामा परे । दुर्घटनामा परेका पाँच जनामध्ये चार जना उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा हुन् । दुर्घटनाको खबर आएपछि मृतकका आफन्तमा मात्रै हैन, बजार क्षेत्र नै शोकमा डुबेको छ ।

विमानमा सवार भारतका अभिषेक कुशवाहा (२५), विशाल शर्मा (२३), अनिल कुमार राजभर (२८), सोनु जैसवाल (२८) र सञ्जना जैसवाल थिए । जसमध्ये अभिषेक, विशाल, अनिल र सोनु गाजीपुरका बासिन्दा हुन् । उनीहरु चारैजना साथी थिए ।

उनीहरु विमानभित्र भिडियो खिच्दै रमाउँदै गर्दा एक्कासी दुर्घटनामा परेको दृश्यले गाउँलाई स्तब्ध बनाएको छ । सोनुले दुर्घटनाअघि विमानबाटै खिचेको भिडियो पनि आइतबार नै सार्वजनिक भएको छ ।

दुर्घटना हुँदा गाजीपुरका सोनु फेसबुकमा लाइभ थिए । सार्वजनिक भएको भिडियोमा पहिले उनले विमानको भित्री र बाहिरी दृश्यहरू देखाउँछन् । यस क्रममा केही सेकेन्डपछि विमान बेस्सरी हल्लिन्छ र विमान दुर्घटनाग्रस्त हुँदै अचानक आगो निस्कन्छ ।

सामाजिक सञ्जालमा दुर्घटनाअघि लाइभ गर्ने सोनु चकजैनाब निवासी राजेन्द्र जैसवालका छोरा सोनु जैसवाल पाँच दाजुभाइमध्ये कान्छो थिए । उनी वाराणसीमा रक्सी पसल चलाउँथे । उनी श्रीमती रागिनी जैसवाल, एक छोरा र छोरीसँग सारनाथमा बस्थे । सोही गाउँका अनिल राजभर दुई दाजुभाइमध्ये कान्छो थिए । उनको परिवार पनि अहिले गहिरो शोकमा छ ।

विमान दुर्घटनामा परेका अनिल जहुरावादमा र अभिषेक धरवानमा जनसेवा केन्द्र चलाउने गर्थे । अभिषेक दुई दाजुभाइमध्ये कान्छो भएपनि परिवारको खम्बा थिए । अभिषेकका बुबा चन्द्र मौर्यले आफू परिवारको एक मात्र कमाउने सदस्य भएको बताए । कुशवाहाका भाइ अभिनेशले भने, ‘म अचम्ममा परेको छु, अब के गर्ने थाहा छैन । उनको मृत्युको खबर सुनेपछि बुबा र आमाको अवस्था निकै नाजुक छ ।’

विशाल शर्मा अलावलपुरको बाइक एजेन्सीमा फाइनान्सको काम गर्थे । उनी अलावलपुर अफगान निवासी शर्मा टिभिएस बाइक एजेन्सीमा फाइनान्सको काम गर्थे । शर्माका बुबा सन्तोष शर्मा र आमा सरिता देवीसहित तीन दिदीबहिनी र एक भाइ छन् ।

विशाल शर्माको घरमा गाउँलेहरु दुःख व्यक्त गर्न भेला भएका छन् भने उनका जेठा दाजु र बुवासहित परिवार नै स्तब्ध छन् । शर्मा आफूहरू बीचमा रहेनन् भन्ने कुरा पत्याउन नसक्ने उनका साथीहरू बताउँछन् ।

‘उनीहरु चारै जान हाम्रा साथीजस्तै थिए, दुःखको यो घडीमा सिंगो गाउँ क्षेत्र दुर्घटनामा परेकाहरुका परिवारसँग उभिएको छ,’ एक पसल मालिकले भने,’आज कसैले बजारमा पसल खोलेका छैनन् ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।