मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

मदिरा सेवन गरेर रमाइलो गर्न पुगेका पोखराका धनाढ्य युवाहरु कुटाइ खाएर फर्किए

Himali Patrika 1 मिनेट पढाइ

पोखरा । स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइरहेको चलिरहेको थियो ।vमाघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो ।

वालिङकै ४ जना युवा त्यतिबेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक गरे ।विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना हेली चढेर वालिङ पुगे ।

वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न दबाव दिए । हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे ।खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलिएका थिए ।

तर चार जना यात्रु झारेपछि कुनै समस्या नभइ जानेर नै हेलिकप्टर अवतरण गरेको थाहा पाएपछि खेल आयोजक आक्रोसित बने ।‘पोखरामा र’ क्सी खाएर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर जाने सल्लाह गरेर आएका रहेछन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’

खेल मैदानमा मै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा उनीहरुले पाइलट डंगोल र यात्रुलाई हात पात गरे ।‘के कारणले खेल चलिरहेका बेला मैदानमै हेलिकप्टर झारेको भनेर आयोजन, स्थानीय र खेलाडीबीच भनाभन भएछ ।

त्यही क्रममा धकेलाधकेल भएको हामीले जानकारी पायौं,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘कसैसँग पनि समन्वय छैन । भोलि त्यसको दुर्घटना भएको भए के हुन्थ्यो ? स्थानीय आक्रोशित हुनु अस्वभाविक देखिएन । तर, घटनाको अनुसन्धान भइरहेको छ ।’

स्थानीय, हेलिकप्टरका चालक र यात्रुबीच भनाभनका क्रममा लफडा भएको उनले बनाए । ‘बिना जानकारी खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई लेखेर पठाएका छौं,’ सीडीओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनुसन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु ।

बिना जानकारी लहडबाजीमा झार्न पाइँदैन । स्थानीयबासिन्दाको सुरक्षाको कुरा पनि हुन्छ ।’खेलमैदानमा अवतरण गरेको हेलिकप्टर पोखरा फर्केको छ । वायुसेवा सञ्चालक संघले पाइलटमाथि कुटपिट भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।