मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

प्रियंका चोपडा आफु गर्भवती नबनी किन बनिन् सरोगेसीमार्फत आमा ? कसरी बनिन्छ सरोगेसीबाट आमा ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी विधिमार्फत बच्चा जन्माउने कुरालाई निशाना बनाउँदा आफूलाई दुःख हुने गरेको समेत उनले बताएकी छन् ।

मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले आमा बन्न सरोगेसीको सहारा लिएको उनले बताइन् । सरोगेसीमार्फत सन्तान जन्माउनुको कारण बताउँदै प्रियंका चोपडाले भनिन्, ‘मलाई मेडिकल जटिलता छ, मेरो लागि यो आवश्यक थियो कि यदि मेरो बच्चा छ भने सरोगेसी मार्फत गराउनुपर्छ । तर, जसरी भएपनि आमा बन्ने मौका पाएकोमा म भाग्यमानी छु ।

म मेरो सरोगेटलाई धन्यवाद दिन चाहन्छु जसले मेरी छोरीलाई ६ महिनासम्म गर्भमा राखिन् । आफूविरुद्ध कसैले भनेका सबै कुरा सहन सक्ने तर छोरीलाई कसैले केही भन्यो भने सहन नसक्ने उनले बताइन् । भनिन्, ‘जब मेरी छोरी जन्मिइन्, उनी निकै प्रि-म्याच्योर थिइन् । उनी १०० दिनसम्म आईसीयूमा बस्नुपर्ने भयो ।

मैले उसको साना हात समातेको र डाक्टरले उसको नसा फेला पारेको समयलाई म वर्णन गर्न सक्दिन । यो मेरो र मेरी छोरीको लागि कठिन समय थियो, त्यसैले म उनी कुनै पनि गसिपको हिस्सा बन्न चाहन्न । म मेरी छोरीको बारेमा धेरै सुरक्षात्मक छु’ उनले भनिन् ।

प्रियंकाकी छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी हुन् । रिपोर्टका अनुसार बच्चाको जन्म मिति अप्रिलमा दिइएको थियो तर जन्म जनवरीमा भएको थियो । प्रि-म्याच्योर डेलिभरीको कारण छोरी पनि अलि कमजोर थिइन् । त्यसैले निक–प्रियंकाले छोरी पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।

प्रियंका र हलिउड गायक निक जोनसले डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा हिन्दू र इसाई परम्परा अनुसार विवाह गरेका थिए । निक र प्रियंकाको उमेरमा ठूलो अन्तर छ । प्रियंका निकभन्दा १० वर्ष जेठी छिन् ।

प्रियंकाको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै रोमान्स ड्रामा ‘लभ अगेन’मा देखिनेछिन् । यसबाहेक उनी वेब सिरिज सिटाडेलमा पनि देखिनेछिन् । प्रियंकाको बलिउड प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘जी ले जरा’मा पनि देखिनेछिन्। यस फिल्ममा प्रियंकाले पहिलो पटक कट्रिना क्याफ र आलिया भट्टसँग स्क्रिन सेयर गर्नेछिन् ।

के हो सरोगेसी आमा भनेको ?

सरोगेसी भनेको बच्चा चाहने कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा जन्माउन तयार नभएमा त्यस्ता दम्पतीले श्रीमानको वीर्य तथा श्रीमतीको डिम्ब वा श्रीमानमात्र सक्षम रहेको अवस्थामा श्रीमानको वीर्य तथा डिम्ब बैंकबाट किनेको डिम्ब वा श्रीमतीमात्र सक्षम रहेको अवस्थामा श्रीमतीको डिम्ब तथा वीर्य बैंकबाट किनेको वीर्य सरोगेट मदरको पाठेघरमा चिकित्सकद्वारा प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी वा इन भिट्रो फर्टिलाइजेसन भनिन्छ ।

सरोगेसीमा बच्चा चाहने पुरुष र भाडाकी महिलाबीच शारीरिक सम्पर्क रहँदैन । आफूले पाएका बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार नहुनुका साथै डीएनएसमेत मेल खाँदैन । तसर्थ सरोगेसी मातृत्व वा प्रजनन क्षमतालाई पैसामा बिक्री गर्ने आधुनिक व्यवसाय हो भन्दा फरक नपर्ला ।

जेजति महिलाले कोख लिन्छन्, सबै बच्चाहरू सवलांग जन्मिन्छन् भन्ने निश्चित हुँदैन । विकलांग बच्चा जन्मिएमा तथा अन्य केही कुरा चित्त नबुझेमा करार गर्ने दम्पतीले बच्चा अस्वीकार गर्ने जस्ता जटिलता विश्वभर देखिएका छन् । यस्तो अवस्थामा कोख बोक्ने महिला पैसामा ठगिने त छँदैछन्, स्वास्थ्य पनि बिग्रने अनि विकलांग बच्चासमेत स्याहार्नुपर्ने बाध्य आइलाग्ने हुन्छ ।

नेपालमा गैरकानुनी छ सरोगेसी

नेपालको सर्वोच्च अदालतले सन् २०१५ अगस्ट २५ मा सरोगेसी (भाडाको कोख) को सेवा रोकेको थियो र नेपालको मन्त्रिपरिषद्ले २०१५ सेप्टेम्बर १८ मा यसलाई सर्वोच्च अदालतको फैसलाको मितिदेखि नै लागू हुनेगरी औपचारिक रुपमा प्रतिबन्ध लगाएको थियो ।

सर्वोच्च अदालतले सन् २०१६ डिसेम्बर १२ मा अन्तिम फैसला सुनाएको थियो, जसअनुसार सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रोलिङ्गी जोडी र विदेशी नागरिकहरूले पाउँदैनन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।